logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १९९ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९९ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा १५७ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,३८२ रहेको छ। तीमध्ये काठमाडौंमा १,२५८, भक्तपुरमा ५३७ र ललितपुरमा ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ ।