logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ११३ जना कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ७६जना, भक्तपुरमा ८ जना र ललितपुरमा २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४३० रहेको छ। तीमध्ये काठमाडौंमा ४२८, भक्तपुरमा ४७५ र ललितपुरमा ५२७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।