पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा १२६ जना, भक्तपुरमा १८ जना र ललितपुरमा ४३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४९८ रहेको छ। तीमध्ये काठमाडौंमा ४८६ जना, भक्तपुरमा ४७४ जना र ललितपुरमा ५३८ जना रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ४१६ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार सोही अवधिमा २७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।