logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एएफसी यू-१९ छनोट : नेपालले आज पहिलो खेलमा युएइसँग प्रतिस्पर्धा गर्दै


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – एएफसी यू-१९ छनोट च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । ईरान राजधानी तेहरानस्थित पीएएस मैदानमा हुने खेलमा नेपालले समुह चरणको पहिलो खेलमा युएईसंग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक मेघराज केसीले युएई टिम बलियो भएपनि आफ्नो तर्फबाट सतप्रतिशत दिने बताएका छन् । उनले यो प्रतियोगितामा गुमाउनु पर्ने केहि नभएको बताउँदै यूएई विरुद्ध डटेर खेल्ने बताए ।

नेपाल रहेको समुहमा यूएई, किर्गिस्तान र इरान रहेका छन् । समुह शिर्ष स्थानमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ । नेपालले समुहको दोस्रो खेलमा आठ नोभेम्बरमा इरानसँग खेल्नेछ भने अन्तिम खेलमा १० नोभेम्बरमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।