logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
650
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा १०२ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६४५ रहेको छ । तीमध्ये काठमाडौंमा ५८७ जना, भक्तपुरमा ४८२ जना र ललितपुरमा ५७६ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ४१२ जना कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा २०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।