पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा ९१ जना, भक्तपुरमा १० जना र ललितपुरमा १९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५९६ रहेको छ। तीमध्ये काठमाडौंमा ५५९ जना, भक्तपुरमा ४७० जना र ललितपुरमा ५६७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा २९६ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार सोही अवधिमा ३६९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ।