logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजले एपीएफलाई हरायो


अंकुरण खबर
793
Shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतबार भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई तीन–दुई गोलले हराएको हो । बराबरीतर्फ गएको खेलमा इन्ज्युरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइज विजयी भएको छ ।

ब्रिगेड ब्वाइजका लागि दिनेश राईले दुई गोल गरे । एपीएफका आशिष लामा र विकी तामाङले एकरएक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।