काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म स्वदेशमै उत्पादन गरिँदैन तबसम्म मुलुकमा व्यापार घाटा कायमै रहने स्पष्ट पारेका हुन् ।
उनले आन्तरिक पूँजी र प्रविधिको परिचालनबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताए । मन्त्री यादवले आपसी सहकार्यको अभाव हुँदा समृद्ध नेपाल बनाउने अभियानमा अलमल भईरहेको बताए ।