logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ९२ जना, भक्तपुरमा ३० जना र ललितपुरमा १२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७३० रहेको छ। तीमध्ये काठमाडौंमा ६९० जना, भक्तपुरमा ४८२ जना र ललितपुरमा ५५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ समय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३ सय २ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।