logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व लडाकूलाई एमालेमा सम्मानजनक स्थान छ : ओली


अंकुरण खबर
1.014K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकूलाई एमालेले सम्मानजनक स्थान दिने बताएका छन् ।

चितवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले देश विकास र समृद्धिको सपना देख्नेहरुका लागि एमालेमा सधैं ठाउँ रहेको बताएका हुन् ।

शान्ति प्रक्रिया टुङ्ग्याउन एमाले गम्भीर रहेको उनको भनाइ छ । युवालाई एमालेले सधैं अग्रगामी भूमिका प्रदान गर्दै आएको उनले बताए ।

अध्यक्ष ओलीले जहाँ एमाले, त्यहाँ परिवर्तन भन्ने पार्टीको नीतिलाई जनताले व्यवहारमै अनुभूति गर्न पाएको दाबी गरे ।