logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विदेशीको हस्तक्षेपमा सरकार मौन बस्न मिल्दैन : अध्यक्ष थापा


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाका अध्यक्ष कमल थापाले नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन्।

बिहीबार दाङको तुल्सिपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कालपानी र लिपुलेक नेपालको भूमि भएको बताए। उनले तुरुन्तै कूटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाब समेत दिए।

नेपालको भूमि कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले विदेशीको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने बताए। लाचारिपन र आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने उनले ठोकुवा गरे।

राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार विदेशी हस्तक्षेपसामू लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कसैसँग सम्झौता नगर्ने दावी गरे।