logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ४२ जना, भक्तपुरमा ६ जना र ललितपुरमा १३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६५४ रहेको छ। तीमध्ये काठमाडौंमा ६४८ जना, भक्तपुरमा ४७४ जना र ललितपुरमा ५३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो चौबिस घण्टामा मुलुकभर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको ज्यान गएको छ ।