काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक काठमाडौंमा जारी छ । पार्टी केन्द्रिय कार्यालय बबरमहलमा जारी बैठकमा महाधिवेशनको तयारी, समाजवादी पार्टी नेपालसँग एकता लगायतका विषयमा छलफल भैरहेको नेताहरुले बताएका छन् ।
दुई दलले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पनि तालमेलको तयारी गरेका छन् । उपनिर्वाचन अघि नै एकतालाई अन्तिम रुप दिने गरी केही समयदेखि छलफल भैरहेको छ । बुधबार पनि दुई दलबीच छलफल भएको थियो ।
पार्टी एकताका लागि दुबै दल सैद्धान्तिक रुपमा सहमत भएपछि केही विषयमा सहमति जुटन बाँकी रहेको छ । एकतापछिको नेतृत्वको व्यवस्थापनदेखि सबै विषय प्याकेजमै टुंगो लगाउने गरी केही दिनयता दुबै दलले छलफललाई तिब्र बनाएका छन् ।