logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमाले निर्वाचनमा ९९ प्रतिशत मत खस्यो


अंकुरण खबर
1.079K
Shares

नेकपा एमालेको दसौं महाधिवेशनबाट पदाधिकारी चयनका लागि भएको निर्वाचनमा ९९ प्रतिशत मत खसेको छ।

कुल २ हजार १३५ प्रतिनिधिमध्य २ हजार ११४ मत खसेको एमालेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सो संख्या भनेको कुल मतदाताको ९९ प्रतिशत भन्दा बढी हो।

मंगलबार बिहान ४ बजेदेखि शुरु भएको निर्वाचन करिब ११ बजेमात्र सकिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो मतदान गरेर निर्वाचनको सुरुवात गरेका थिए ।

आजको निर्वाचनबाट एमालेको १४ नयाँ पदाधिकारी चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा ५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

कुल १९ सदस्यीय पदाधिकारीमध्य अध्यक्ष,उपाध्यक्ष र सचिवहरु निर्वाचनको परिणामका आधारमा चयन हुनेछन् । अध्यक्षमा केपी ओली र भीम रावल प्रतिस्पर्धामा छन्।

विद्युतीय प्रणालीबाट मतदान भएका कारण मतपरिणाम पनि चाँडै आउने बताइएको छ।