logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घनश्याम भुसाल उपाध्यक्षमा पराजित


अंकुरण खबर
1.248K
Shares

नेकपा एमालेको उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसाल पनि पराजित भएका छन।

एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७५ सर्वाधिक मत ल्याएर विजयी हुँदा घनश्याम भुसालले भने ७२५ मत मात्रै ल्याए।

यस्तै उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै जित हात पारे।

आज निर्वाचित भएका ६ जना उपाध्यक्ष यसअघि ओलीले प्रस्तावित गरेका नाम हुन् । तर घनश्याम भुसालले उम्मेद्वारी दिएपछि उनीहरुले पनि चुनावमा भाग लिनु परेको थियो।