logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित थपिए, २५६ जना संक्रमणुक्त


अंकुरण खबर
832
Shares

पाछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६ हजार ४६९ जनामा गरिएको परीक्षणमा पीसीआरबाट २४५ र एन्टीजेनबाट १० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २५६ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २१ हजार ३६६ पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ४९८ पुगेको छ ।

त्यस्तै निको हुनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५२६ जनाले ज्यान गुमाइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ । तीमध्य ६ हजार ५८९ जना होम आइशोलेशनमा छन् भने ३४२ जना संस्थागत आइशोलेसनमा र ९८ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै ११६ जना आइसीयूमा उपचाररत छन् भने ३३ जना भेन्टिलेटरमा छन्।