logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदीय सुनुवाइ समिति बैठकमा सांसदले भने- राजदूत नियुक्तिमा समावेशी भएन


अंकुरण खबर
910
Shares

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ ।

प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् ।

एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा  समावेशीबारे प्रश्न उठाएका छन् ।

पुष्पा भुसाल  

सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन  । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ ।

सुमनराज प्याकुरेल

राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्काे बैठक बसेर सुनुवाइ अगाडि बढाउँ ।

लक्ष्मणलाल कर्ण : समिति सभापति 

राजदूत नियुक्तिमा कानुन बमोजिम मात्रै भनेको छ । अब आउनेमा समावेशी गर्ने हो । यसको जवाफ विगतका सरकारबाट आएन । यो विषय अहिले थाती राखेर निर्णय प्रक्रियामा जान्छौं । बाँकी कुरा कानुन बमोजिम हुनेछ । समावेशी विषयमा हामी आफैँ चिन्तित छौं । धेरैपल्ट सरकारलाई निर्देशन गरिसक्यौं । सरकारले के गर्ने हो थाहा छैन । यसको हामी सुनुवाइ गरेर निर्णय गरौं ।