logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक


अंकुरण खबर
1.664K
Shares

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा.एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए ।

डा.फाउसीले भने,‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन । तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी छ,।’

अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।