अन्तर्राष्ट्रिय स्तरमै असहज अबस्थामा इच्छा मृत्यु गर्न पाउनु पर्ने बहस चलिरहेका बेला स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ ।
लामो छलफल र बहस पछि स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसंगै अहिले सुसाइड मेसिनको प्रयोगले पनि कानुनी मान्यता पाएको हो ।
एक्जिट इन्टरनेशनल नामको संस्थाले यो मेसिन बनाएको हो । संस्थाका अनुसार यो मेसिनको प्रयोगले अक्सिजन लेभल अत्याधिक कम गर्ने हुँदा मृत्यु चाहाने व्यक्तिलाई बिना पीडा १ मिनेटभित्र मृत्यु गराई दिन्छ । यो मेसिनलाई सार्को नाम दिइएको छ ।
एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १ हजार ३ सय जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए ।
मेसिनले यसरी काम गर्छ
ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।
आगामी वर्षसम्म तयार हुने
अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । कुनै समस्या नआएमा अर्को वर्षसम्म यो मेसिन बजारमा ल्याउन सकिने निर्माता डा.फिलिप निट्स्के जनाएका छन् । अहिले २ वटा मेसिन प्रोटोटाइप तयार भएको र तेस्रो मेसिनको निर्माण भइरहेको डा.निट्स्के जनाएका छन् । यो मेसिन निर्माण गरेर आत्महत्याको लागि उत्साहित गरेको भन्दै डा.निट्स्केको आलोचना पनि भएको छ । एजेन्सीको सहयोगमा