logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेइजिङ शीतकालीन ओलम्पिक तयारीका लागि स्की खेलाडी सफलरामको बिदाइ


अंकुरण खबर
611
Shares

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई बिदाइ गरेका छन् ।

सफलले बेइजिङ शीतकालीन ओलम्पिकको तयारीका लागि भोलि (बिहीबार) इटाली राजधानी पगानेला स्की रिसोर्ट प्रस्थान गर्दैछन् ।

त्यसपछि सफलले १६ जनवरीमा अन्तर्राष्ट्रिय एफआईएस च्याम्पियनसिपमा पनि भाग लिनेछन् ।

नेपाल स्की एसोसिएसनका अध्यक्ष समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले खेलाडीलाई शुभकामना दिँदै आफ्नो खेलमा ध्यान दिन र मिहिनेत गरेर आफूलाई राम्रो बनाउने प्रयास गर्न सुझाव दिए ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, एनएसएका सचिव वसन्तराज कार्कीलगायतको उपस्थिति रहेको थियो ।