logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेस्राे फिदिम नगरकप २८ मंसिरबाट


अंकुरण खबर
845
Shares

पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा बर्सेनि आयोजना भइरहेको फिदिम नगर कप फुटबल प्रतियोगिता यस वर्ष २८ मंसिरबाट सञ्चालन हुने भएको छ ।

स्वतन्त्र क्लब रानीटारले आयोजना गर्ने साे प्रतियोगिता ३ पुससम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठवटा फुटबल टोलीले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिता फिदिम-७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको यो तेश्रो संस्करण हो ।

यस वर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फुटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब बिर्तामोडले सहभागिता जनाउने आयोजक स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

यस वर्ष प्रतियोगिताको विजेता एक लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछ ।