logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : आचारसंहिता विपरीत प्रचार प्रसार गर्दै उम्मेद्वार


अंकुरण खबर
858
Shares

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिता विपरीत उम्मेद्वारहरूले प्रचार प्रसार गरेको पाइएको छ ।

२४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुुरु हुनुअगावै विभिन्न पदका उम्मेद्वारहरूले आफ्नो फोटो सहितको उम्मेद्वारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशन स्थलमा टाँस्न थालेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशन स्थलको वरवपर उम्मेद्वारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचार प्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेद्वारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँस गरिरहेका छन् ।

महाधिवेशनको आचारसंहिता विपरीत उम्मेद्वारहरूले प्रचार प्रसार गरेको भन्दै प्रहरी/प्रशासनले नै त्यसलाई हटाउन निर्देशन दिएको  छ । महाधिवेशन स्थलमा खटिएका प्रहरीले आचारसंहिता विपरीत गरिएको प्रचार प्रसारको सामग्री तुरुन्त हटाउन प्रहरीले माइकिङ गरेको छ ।