logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एएफसी यू-१९ छनोट : आज नेपाल र किर्गीस्तान भिड्दै


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आइतबार किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई खेलमा पराजित नेपालले आज अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो । यी दुई टिमको खेल तेहरानस्थित पीएएस रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ ।

किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन रहेको छ ।

समूह ‘डी’मा रहेको नेपालले कुनै अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छनोट खेलमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४–० गोलको हार व्यहोरेको थियो ।