logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय सदस्यमा निर्माण व्यवसायी रवि सिंहकाे उम्मेदवारी घाेषणा


अंकुरण खबर
1.391K
Shares

नेपाली कांग्रेसका युवा नेता रवि सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन दशकदेखि कांग्रेस राजनीतिमा क्रियाशील सिंहले १४औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

२०४६ सालको पहिलो जनआन्दोलन, प्रतिगमनविरोधि २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका सिंहले नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिने बताए ।

सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए । सिंहले जेष्ठलाई सम्मान र युवाहरूलाई प्रोत्साहन गर्दै आफू चुनावी मैदानमा होमिएको बताए । हाल नेपाली कांग्रेसको जनजाति विभागको केन्द्रीय सदस्य रहेका सिंह देशभरका करिब १३ हजार निर्माण व्यवसायीको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत हुन् ।

संगठनमा बलियो पकड भएका सिंह युवाका बीच लोकप्रिय मानिन्छन् । नेपाली निर्माण उद्योगका संशक्त व्यक्तित्वको छवि बनाएका सिंह सामाजिक संघ संस्थाहरूमा पनि  क्रियाशील छन् ।