logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका जिल्ला कोषाध्यक्ष माओवादी केन्द्रमा प्रवेश


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेस कालिकोट जिल्लाका कोषाध्यक्ष भानुभक्त सन्ज्याल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार सुर्खेतमा एक कार्यक्रमकाबीच उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अबका दिनदेखि माओवादीमा सक्रिय रहेन सन्ज्यालले बताए । ‘कांग्रेसले जनतालाई धोका दिएका कारणले म माओवादी केन्द्रमा प्रवेश गरेको हुँ ’ उनले भने,‘अव माओवादी केन्द्रबाहेक अन्य राजनीतिक दलले जनताको सेवा गर्दैनन् ।’

लामो समय जिल्ला स्वास्थ कार्यालय कालिकोटमा काम गरेका सन्ज्याल २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरकारी जागिरबाट राजीनामा दिरर नेपाली कांग्रेसबाट कालिकोटको पचालझरना गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका थिए । उनी माओवादी केन्द्रका उम्मेदवार खड्कराज सेजुवालसँग पराजित भएका थिए ।

सन्ज्याल भर्खरै सम्पन्न नेपाली कांग्रेस कालिकोट जिल्ला कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधिसमेत हुन् ।