logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कांग्रेस नेतृ रमा पौड्यालको खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी


अंकुरण खबर
611
Shares

नेपाली कांग्रेसकी जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छन्।

पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन् ।

पार्टीभित्र श्रमिकहरूको हकहितका लागि सशक्त आवाज उठाएर उनीहरूको प्रतिनिधित्व बढाई कांग्रेस पार्टीलाई श्रमिकमय बनाउन केन्द्रीय समितिमा पुगेपछि आफ्नो अहं रहने नेतृ पौड्यालले बताइन् ।

महिलाहरूलाई पार्टी संगठनमा सशक्त बनाउन र केन्द्रीय समितिसम्म महिलाका आवाज पुर्‍याउन पौड्यालले केन्द्रीय सदस्यमा आफूलाई जिताउन अपिल गरेकी छन् । केही समयमै उनले उम्मेदवारी दर्ता गराउने भएकी छन् ।

ट्रेड युनियन कांग्रेसको राजनीतिमा तीन दशकभन्दा बढी बिताएकी पौड्याल वैकल्पिक कांग्रेस केन्द्रीय सदस्य पौडेल हुन् । पारिवारिक राजनीतिक विरासत बोकेकी समन्वयकारी नेतृ कांग्रेस नेता कार्यकर्तामाझ निकै लोकप्रिय छिन् ।