उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् ।
चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् । उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् ।
खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।