logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुट रोज्ने कि विचार ? भन्दै महेश आचार्यले मागे भोट


अंकुरण खबर
520
Shares

नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् ।

दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ ।

Avatar