logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४२७८ मत गन्दा देउवाले २०४६ मत पाए, ४०१ मत गणना बाँकी


अंकुरण खबर
1.222K
Shares

नेपाली कांग्रेस सभापतिका लागि भएकाे चुनावकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ ।

नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ ।

निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले  २ हजार ४६ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा  ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।