logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङले ०.०४ मत पाए


अंकुरण खबर
676
Shares

नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दाेस्राे चरणकाे चुनाव हुँदैछ ।

कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलाे र दाेस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा चुनाव हुने व्यवस्था छ ।

मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दाेस्राे चरणकाे चुनाव हुने भएकाे हाे ।

सभापतिका लागि कुल  ४ हजार ६८१ मत खसेको थियाे । जसमा ७७ मत बदर भएको छ । मतपरीणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी शेखर काेइरालले १ हजार ७२९ अरथात २६.९३ प्रतिशत मत पाएका छन् ।

बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हाे ।

देउवा र काेइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेकाे छ । मतदानकाे समय तय भइसकेकाे त छैन तर आज मंगलबार नै मतदान हुने भनिएकाे छ ।