logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलम प्रकरण : थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि कुरा फेरे


अंकुरण खबर
715
Shares

काठमाडौं – बम बिस्फोटमा परी घाइते भएकालाई जिउँदै इट्टाभट्टामा हाली मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि बयान फेरेका छन् ।

२०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी सोमबार जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिएका छन् ।

शंकर भनिने गौरीशंकर राम चमारले सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताएका छन् । उनले बम विस्फोटमा घाइते भएको प्रंमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन् । साथै गौरीशं‌करले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् ।

केही दिनअघि बम विस्फोटमा मारिएका भनिएका युवकको पत्नीले अदालतमा निवेदन दिँदै आफ्नो श्रीमान बैदेशिक रोजगारीमा गएर नफर्किएको बताएकी थिइन् ।