logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४० प्रतिशतको भाग खोज्ने होइन जिम्मेवारी बन्नुहोस भन्दै गगन थापाले दिए शेखर कोइरालालाई सुझाव


अंकुरण खबर
325
Shares

नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् ।

सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए ।

नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर काम गर्नुपर्ने भन्दै उनले सभापति गुटको नेता बन्न नहुने बताए ।

बुधबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवर्तन गर्नु पर्ने बताएकाहरू अन्ततः पुरानै नेतालाई समर्थन गर्ने विषयमा भने प्रश्न गरिरहने बताए ।