logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आमाबाट ऋण काढेर व्यापार, १२ वर्षीया बालिकाले दिइन् आफ्नै दाजुभाइलाई जागिर


अंकुरण खबर
884
Shares

अमेरिकामा एक १२ वर्षीया बालिकाले  आमाबाट ऋण काढेर व्यापार सुरु गरेकी छन्। उनले व्यापारबाट मनग्गे आम्दानी गरिरहेकी छिन्। रोचक कुरा के भने ती बालिकाले आफ्नै दाजुभाइलाई  समेत रोजगारी दिएकी छन्।

सनका अनुसार ती बालिकाको नाम एलेक्सिया कैपा हो। उनले यसै वर्ष (२०२१) को सुरुमा साबुन बनाउने व्यवसाय सुरु गरेकी हुन्। त्यतिबेला उनले आफ्नी आमासँग २५ हजार रुपैयाँ ऋण लिएर व्यापार सुरु गरेकी थिइन्।

यद्यपि, कैपा पहिलो महिनामै त्यो पैसा आफ्नी आमालाई फिर्ता गर्न सफल भइन्। उनले बनाएको साबुनलाई मानिसले निकै रुचाएका छन् बिक्री पनि राम्रो भइरहेको छ। उनी अहिले आफ्नो व्यवसायबाट हरेक महिना ७६ हजार रुपैयाँभन्दा बढी कमाउने गरेकी छिन्।

आफ्नै दाजुभाइलाई रोजगार

एलेक्सिसले अहिले साबुनसँगै मैनबत्ती चिनीको स्क्रब बनाउन थालेकी छिन् यस्तो अवस्थामा काम बढेपछि आफूभन्दा जेठा दुई दाजुभाइलाई पनि काममा लगाएकी छन्। आमाबाट उधारो पैसा लिएर व्यापार सुरु गरेकी उनले अहिले हजारौंरुपैयाँ कमाइरहेकी छन्। एलेक्सिसका १४ वर्ष १६ वर्षका दुईजना दाजु छन्। दुवै दाजुभाइले उनलाई सहयोग गरिरहेका छन्। उनले आफ्नो घरको कोठालाई कार्यालयको रुपमा प्रयोग गरेकी छिन्।

छोरीको कमाइबाट आमा दंग

छोरीको कमाइबाट उनकी आमा दंग छिन्। उनकी ३८ वर्षीया आमा पनि व्यापारी नै हुन्। उनी भन्छिन्, ‘१२ वर्षको उमेरमा यति धेरै सफलता पाइरहेको भने २० वर्षको उमेरमा कता होला भनेर सोच्नुस् त।

आफ्नी छोरीमा सुरुदेखि नै व्यापारिक गुण रहेको उनी बताउँछिन् उनी आफ्नो कमाइको एक हिस्सा परोपकारमा दान गर्छिन्। एलेक्सिस उनको भाइलाई छालाको समस्या थियो। जाँच गराउन जाँदा विज्ञलेहोम मेड सप) प्रयोग गर्न सल्लाह दिएका थिए। त्यसपछि उनले साबुन बनाउने व्यवसाय सुरु गरेकी हुन्।

सुरुमा यु ट्युवमा भिडियो हेरेर वा केही व्यक्तिहरुबाट जानकारी लिएर साबुन बनाउने तरिका सिकेकी थिइन्।