logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जावलाखेललाई पहिलो तीन अंक


अंकुरण खबर
962
Shares

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १(० अन्तरले हराएको हो ।

३८ औं मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए ।

लिगको पाँचौ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यस अघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १-० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २-० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।

जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैछ । यता, पोखरामा मनाङ र पुलिस बिच खेल भैइरहेको छ ।