logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीद्वारा बंगलादेश राष्ट्रपति हमिदको स्वागत


अंकुरण खबर
3.25K
Shares

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणामा उनी नेपाल भ्रमणका लागि आएका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । उनको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मान गारथ अर्पण गरेको छ ।

उनी शुक्रबार नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किने छन् । उनी आज भक्तपुर क्षेत्रको भ्रमणमा जानेछन् भने साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।