logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीका वडाध्यक्ष कार्यालय सहयोगी कुटेको आरोपमा पक्राउ


अंकुरण खबर
793
Shares

काठमाडौं – कैलालीको मोहन्याल गाउँपालिका-५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्।

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।