सोमबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ‘ए’ डिभिजन लिगमा खेलमा एपीएफ फुटबल टिमले पहिलो जित हात पारेको छ ।
आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफले अर्को रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित प्राप्त
खेल सुरु भएको ३० औं मिनेटमा एपीएफले अग्रता गरेको हो ।
पाँचौ खेलमा पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई र विकी तामाङले एक गोल गरेका हुन भने फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल गरेका थिए ।
खेलको ५६ औँ मिनेटमा आशिषले एपीएफलाई ३ – ० को गोल गरेका हुन ।
काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा प्रिजेन तामाङले एपीएफको अग्रता ३ -१ को अवस्थामा झारे ।
२ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ ।
एपीएफ ४ अंक सहित ११ औं स्थानमा छ । पराजित फ्रेण्ड्स २ अंक सहित अन्तिममा छ भने पाँचौ चरणको खेल पनि सकिएको छ ।