logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एपीएफले अनुबन्ध गर्‍यो पहिलो पटक विदेशी खेलाडी


अंकुरण खबर
858
Shares

विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा सोमबार फ्रेण्ड्स क्लब विरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो ।

फ्रेण्ड्स क्लब विरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे ।

एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले पहिलो पटक विदेशी खेलाडी अनुबन्धन गरेको हो । यसअघि तीनै विभागीय क्लबले विदेशी खेलाडी भित्र्याउने प्रावधान थिएन ।

एएफसी लाइसेन्स पाएसँगै विभागीय क्लबलाई समेत विदेशी खेलाडी खेलाउने बाटो खुलेको हो ।

टोलीका नियमित दुई गोलरक्षक घाइते भए पनि एपीएफले कुरियामालाई टोलीमा समावेश गरेको हो । कुरियामाले डेब्यु खेलमै जितबाट सुरुवात गरेका छन् ।

दशरथ रंशालामा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई ३-१ अन्तरले पराजित गर्यो । पहिलो जितसँगै एपीएफले पाँच खेलबाट ४ अंक बनाउँदै ११औँ स्थानमा रहेको छ ।