logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आलम प्रकरणः तथ्य बंग्याउन चलखेल


अंकुरण खबर
923
Shares

काठमाडौं – जिल्ला अदालत रौतहटमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलगायतविरुद्ध विभिन्न ३ वटा मुद्दा दायर भएपछि दुई जना साक्षीले मुद्दा नै प्रभावित गर्ने प्रयासमा इजलासमै निवेदन दिएको समाचार आजको कान्तिपुरले  छापेको छ ।

समाचारमा लेखिएको छ, रौतहट विस्फोटमा मारिएका ओसी अख्तरकी श्रीमती आमना खातुनले आफ्नो श्रीमान् विस्फोटमा मारिएको नभई वैदेशिक रोजगारीमा गएपछि नफर्किएको भनी इजलासमा निवेदन दिइन् ।

अनि मुद्दाका अर्का साक्षी गौरीशंकर रामले आफू विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको भनी इजलासमा निवेदन दिए ।

रौतहटको राजपुरमा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोट भएको र त्यसका मृतक तथा घाइतेलाई आलमको समूहले जिउँदै इँटाभट्टामा जलाएको प्रहरीको आरोप छ ।

आलम पक्षधर भने ‘विस्फोट नै नभएको’ भन्ने आफ्नो दाबीलाई स्थापित गर्न प्रयास गरिरहेका देखिन्छन् ।