logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा


अंकुरण खबर
1.651K
Shares

एडी एडवार्ड एनकेटियाको ह्याट्रिकमा इंग्लिस क्लब आर्सनल इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंललबार राति भएको खेलमा लिग वान टोली सन्डरल्याण्डविरुद्ध ५-१ को पराकिलो जित निकाल्दै आर्सनल अन्तिम २ मा प्रवेश गरेको हो ।

आर्सनलको जितमा एडिले खेलको १७, ४९ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

निकोलास पेप र चार्ली पाटिनोले १/१ एक गोल गरे । सन्डरल्याण्डका लागि नाथनले सान्त्वना गोल गरे ।

सहज जितसँगै आर्सनल अन्तिम दुईमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि आर्सनलले ब्रेन्टफोर्ड र चेल्सीबीचको विजेतासँग खेल्नेछ ।