logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप


अंकुरण खबर
845
Shares

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो ।

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा पढ्ने २८ हजार ८ सय २५ बालबालिकालाई शुक्रबार भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए ।

विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समूहका बालबालिकाले समेत नजिकको खोप केन्द्रमा वा खोप सञ्चालन भइरहेको विद्यालयमा पुगेर खोप लगाउन सक्ने चापागाईंले बताए ।

यो अभियाानमा २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाउनेछन् । माध्यामिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा सुरु गरिएको छ ।

यो खोप पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ ।