logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुरुष भलिबल टोलीले बंगलादेशसँग खेल्दै


अंकुरण खबर
1.092K
Shares

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा बिहीबार आयोजक बंगलादेशविरुद्ध खेलेर प्रतियोगिताको सुरुआत गर्दैछ ।

बंगलादेश राजधानी ढाकामा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपाल सुरुआती खेलमा जित निकाल्दै सुखद नतिजा निकाल्ने योजनामा छ ।  बंगलादेश घरेलु भुमिमा सुरुआती अंक लिने दाउमा छ ।

यसअघिको खेल तालिका अनुसार नेपालको पहिलो खेल उज्वेकिस्तानसँग थियो । तर बिहीबार पुनः जारी भएको तालिका अनुसार नेपालले आयोजक बंगलादेशसँग खेल्न लागेको हो ।

आज नै हुने महिलातर्फको खेलमा नेपाली महिला टोलीले पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान सवा ११ मा हुनेछ ।

साविक विजेता महिला टोलीले १३औँ दक्षिण एसियायी खेलकुद (साग) मा श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका तथा महिलातर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, कीर्गिस्तान र श्रीलंका सहभागी छन् ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।