logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेन्ट्रल जोन भलिबल : नेपाल अपराजित रहँदै फाइनलमा


अंकुरण खबर
832
Shares

काठमाडौं – एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् ।

दुवै टिमले आजको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा कव्जा जमाउँदा समान खेलबाट माल्दिभ्सले ८ अंक बनाएको थियो ।

माल्दिभ्सले कीगिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा अंक बाँडन पुगेको थियो । नेपालले भने अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ । नेपाल र माल्दिभ्सबिच भोलि फाइनल खेल हुनेछ ।