logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यु-१९ एसिया कप : नेपाललाई बंगलादेशको बलियो लक्ष्य


अंकुरण खबर
663
Shares

प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछि एसीसी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २ सय ९८ रनको लक्ष्य दिएको हो ।

बंगलादेशका  प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउदै २९७ रन बनायो । यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाए।

नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १र१ विकेट लिए  ।

नेपाली टिम :

देव खनाल (कप्तान) , शेर मल्ल ( उपकप्तान) , दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी

मुख्य प्रशिक्षक (बसन्त शाही )