logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजिमय बनिन् खोटाङ कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य


अंकुरण खबर
819
Shares

खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ । नेतृ सरस्वती बजिमयले जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्यको इतिहास रचेकी हुन् ।

जिल्लाबाट कांग्रेसको एकजना मनोनीत केन्द्रीय सदस्य मात्र बनेको इतिहास छ । १४ औं राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति ९महिला० तर्फ दुई हजार ४८ मत ल्याएर बजिमय केन्द्रीय सदस्यमा विजयी भएकी हुन् ।

हालसम्म जिल्लाका दर्जनौं नेताले विभिन्न राष्ट्रिय महाधिवशनमा कांग्रेस केन्द्रीय सदस्य चुनिन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

बजिमय तेस्रो प्रयासमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी २०६७ र २०७२ कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । २०५७ सालमा कांग्रेसमा फुट आएकाबेला तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्यमा मनोनीत भएका विदुरप्रसाद पौडेल २०६२ सालमा पार्टी समायोजन हुँदा पनि केन्द्रीय सदस्य नै बनाइएका थिए । पौडेल जिल्लाको पहिलो कांग्रेस मनोनीत केन्द्रिय सदस्य र बजिमय निर्वाचन प्रकृयाबाट जिल्लाको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई बताउँछन् ।

२०७० सालमा समानुपातिक सांसद बनेकी बजिमय २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् । २०३६ सालको जनमत संग्रह पछि कांग्रेस निकट महिला संगठनबाट राजनिती थालेकी उनले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य, महासमिति सदस्य लगायतका भूमीका निर्वाह गरिसकेकी छन् ।

२१ फागुन २०१३ मा ओखलढुंगा बजारमा जन्मिएकी बजिमयको स्थायी बसोबास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १ दिक्तेलमा छ ।