logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यु-१९ एसिया कप : पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित


अंकुरण खबर
1.066K
Shares

प्रान्तिक नबिलको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाललाई १५४ रनले पराजित गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमै समेटियो ।

नेपालका गुल्शन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ रन बनाए । यस्तै विवेक यादवले २६ रनको योगदान दिए ।

बंगलादेशका तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहरुब र नैमुर रहमानले समान २(२ विकेट लिए ।

यश अघि सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो ।

बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो ।

यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाए

नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १र१ विकेट लिए ।