logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष कपमा मैवाखोला र फक्ताङलुङ गाउँपालिकाको विजयी सुरुवात


अंकुरण खबर
3.809K
Shares

Friends playing volleyball

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता मैवाखोला र फक्ताङलुङ गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।

शुक्रबार भएको दुई खेलमा मैवाखोला गाउँपालिकाले मेरिङ्देन गाउँपालिकालाई २५–२२,२६–२४, २३–२५ २५–२३ र सेटमा पराजित गर्‍यो । यो खेलमा मैवाखोलाका हिमाल प्रसाईं म्याद अफ दि म्याच घोषित भए ।

यता फक्ताङ्लुङ गाउँपालिकाले आठराई त्रिवेणी गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । फक्ताङ्लुङले आठराई त्रिबेणीलाई २५–११,२५–२३ र २५–२२ मा पराजित गर्‍यो । प्रतियोगिताको म्यान अफ दी म्याच फक्ताङ्लुङका पुकार लिम्बु भएको गाउँपालिकाका सूचना अधिकारी भूपेन्द्र बुढाथोकीले बताए ।

प्रतियोगिताका विजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ६५ तोला चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता टिमले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ ।

यस्तै प्रतियोगितामा तेस्रो र चौथो हुने टिमले सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ रुपैयाँका दरले नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाउने छन् ।

प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा अन्य विधागत खेलाडीलाई जनही नगद २ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।