logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७७ जिल्लामै संयोजक र सहसंयोजक तोक्यो युवा संघ नेपालले


अंकुरण खबर
715
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबै जिल्लामा संयोजक र सहसंयोजक तोकेको छ ।

यसअघि कुन जिल्लामा साविकका कुन संगठनको नेतृत्व रहने भन्ने टुंगो लगाएको भएपनि संयोजक र सहसंयोजक तोकेको थिएन । जिल्लाको नेतृत्वबारे टुंगो लगाएपछि संघले ३० कात्तिकमा काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र १ मंसिरमा राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लामा संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघको भागमा ३५ जिल्ला इञ्चार्ज परेका छन् ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि तोक्न बाँकी छ । १ मंसिरमा हुने राष्ट्रिय भेलामा प्रत्येक जिल्लाबाट दुई जनाका दरले सहभागी गराइने बताइएको छ ।
भेलालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्नेछन् ।