logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एपीएफलाई उपाधि जित्न ६८ रनको लक्ष्य


अंकुरण खबर
559
Shares

कप्तान सीता राना मगरले घातक बलिङ गरे पछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।

प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन् । अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।

एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।