logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर २७१ कोरोना संक्रमित थपिए, २२५  डिस्चार्ज


अंकुरण खबर
559
Shares

पछिल्लो २४ घण्टामा देशभर २७१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ९ हजार १५७ नमूनाको पीसीआर परीक्षण गर्दा २५१ जनामा तथा १७२९ नमूनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ४८ लाख २९ हजार ६८७ पुगेको छ भने एन्टीजेनतर्फ  ८ लाख ५ हजार ५५१ पुगेको छ।

सोही अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार ५ पुगेको छ । त्यस्तै आज एक जना संक्रमितको निधन भएको छ । योसँगै मृतकको संख्या ११ हजार ५८६ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ४ हजार ९३१ सक्रिय संक्रमित रहेका छन् । जसमध्य होम आइसोलेसनमा ४ हजार ६९४ जना रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ९७ जना क्वारेन्टिनमा रहेका छन्।

उपचार गरिरहेका मध्य ७८ जना आइसीयूमा छन् भने २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ।